logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

    वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

    658
    Shares
    वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपालले पहिला बलिङ गर्ने

    काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी–२० शृंखलाको पाँचौँ तथा अन्तिम खेलमा नेपालले टस हारेको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा वेस्ट इन्डिजका कप्तान रोस्टन चेजले टस जितेर पहिले ब्याटिङको निर्णय लिएका छन् । योसँगै नेपालले पहिला बलिङ गर्नेछ । उक्त शृंखलामा वेस्ट इन्डिज ३–१ ले अगाडि रहेको छ ।

    यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि चार विकेटको जित निकालेको थियो भने त्यसयता लगातार तीन खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजले नेपाललाई दोस्रो खेलमा १० रनले, तेस्रो खेलमा ७६ रनले र चौथो खेलमा २८ रनले पराजित गरेको थियो ।

    आजको खेलमा नेपालले वेस्ट इन्डिजसको ए टोलीलाई हराउँदै प्रतियोगिताको अन्त्य गर्न चाहन्छ । नेपालले टोलीमा आज दुई खेलाडीलाई परिवर्तन गरिएको छ । गुल्सन झा र ललितनारायाण राजवंशी बेन्चमा रहँदा अनिकुमार साह र सागर ढकालले मौका पाएका छन् ।

    नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, सोमपाल कामी, ललितनारायण राजवंशी, प्रतिश जिसी, गुल्सन झा, अभिनाश बोहरा र सन्दीप जोरा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend