बुधबार, चैत्र २० २०८१

बुधबार, चैत्र २० २०८१

सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा, अर्काे हप्ता पेशी तोकिने

सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्नेमा, अर्काे हप्ता पेशी तोकिने

काठमाडौँ । चर्चित क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्न नमिल्ने सूचीमा परेको छ । आइतबार लामिछानेको मुद्दा उच्च अदातदत पाटनका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको संयुक्त इजलासमा पेशी तोकिएको थियो ।

विपक्षी झिकाउने भन्ने आदेश दिने मूख्य न्यायाधीसको इजलासमा सुनुवाइका लागि आज आइतबार सन्दीपको मुद्दा परेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थ भट्टराईले जानकारी दिए । उनले भने, ‘आजलाई उक्त मुद्दा हेर्न नमिल्ने सूचिमा परेको छ, अर्को हप्ता पेशी तोकिने छ।’

यसअघि गत आइतबार अदालतले आज पहिलो प्राथमिकतामा राखेर मुद्दाको सुनुवाइ गर्न आदेश दिएको थियो । जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध सन्दीपले उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

जिल्ला अदालत काठमाडौंले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend