सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

सभामुखले बोलाए शीर्ष नेताहरूको बैठक

काठमाडौं । सभामुख देवराज घिमिरेले मंगलबार प्रमुख दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । सभामुखले बिहान साढे ११ बजे प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक बोलाइएका हुन् ।

संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि नै सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाएका छन् ।

आगामी अधिवेशन सुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

संसद्को बर्खे अधिवेशन आगामी २८ गतेदेखि सुरु हुँदैछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend