शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एनआईसी एसिया बैंकद्वारा महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान (फोटो फिचर)

एनआईसी एसिया बैंकद्वारा महिला राष्ट्रिय फुटबल टोलीलाई नगदसहित सम्मान (फोटो फिचर)

काठमाडौं । गत फागुनमा साउदी अरेबियामा भएको वाफ फुटबल च्याम्पियनसिपमा उपविजेता बनेर नेपालको शान बढाएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई एनआईसी एसिया बैंकले नगदसहित सम्मान गरेको छ।

निकै उत्कृस्ट प्रदशन गरेर फाइनलसम्म पुगेको महिला राष्ट्रिय टीमलाई थप हौसला प्रदान गर्ने उदेश्यले बैंकले २३ खेलाडी र ८ अफिसियललाई जनही २५ हजार रुपैंया सहित सम्मान गरेको जनाएको छ।

सोमबार एनआईसी एसिया बैङ्कका तर्फबाट सीईओ रोशनकुमार न्यौपाने, सहायक सीईओहरु सन्तोषकुमार राठी र अर्जुन खनिया सहित एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले नेपाली टोलीलाई सम्मान गरेका हो ।

वाफ फुटबलमा नेपाली महिला फुटबलले उत्कृस्ट प्रदशन गर्दै असाधारण सफलता हात पारेका थियो ।

एन्फा अध्यक्ष नेम्वाङले सन् २०२७ वा २०३१ को महिला विश्वकपमा सहभागिता जनाउने उद्देश्यले नेपाली टोलीलाई साउदी अरेबियामा खेल्न पठाएको र नेपालले राम्रो खेलेर सबैका ध्यान तानेको सुनाए ।

नेपाली महिला राष्ट्रिय फुटबल टोली १० वर्षअघि देखि खेल्न थाले पनि यस्तो सम्मान अहिलेसम्म नपाएको जनाउँदै कप्तान एन्जिला तुम्बापो सुब्बाले साउदी अरेबियाको सफलता अहिले ठूलै रहेको महसुस भएको जनाइन् ।

त्यस्तै एनआईसी एसिया बैंकले राष्ट्रिय टोलीकी गोलरक्षक अञ्जना रानामगरलाई आफ्नो ब्रान्ड प्रमोटरमा नियुक्त गरेको छ । त्रिभुवन आर्मी क्लबबाट खेल्ने अञ्जना एनआईसी एसिया बैंकको ब्रान्ड प्रमोटर हुन् पाउँदा निकै खुसी भएको बताइन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend