logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • पहिलो त्रैमासमा इण्डोनेसियाको अर्थतन्त्र ५.११ प्रतिशत बढ्यो

    पहिलो त्रैमासमा इण्डोनेसियाको अर्थतन्त्र ५.११ प्रतिशत बढ्यो

    858
    Shares

    काठमाडौं । इण्डोनेसियाको अर्थतन्त्र यस वर्षको पहिलो त्रैमासिकमा वार्षिक रूपमा ५.११ प्रतिशतले वृद्धि भएको तथ्याङ्क इण्डोनेसिया बीपीएसले सार्वजनिक गरेको छ । त्रैमासिक वृद्धि सन् २०१५ यताको पहिलो त्रैमासिककै उच्च हो ।

    बीपीएसकी कार्यवाहक प्रमुख अमालिया विद्यासन्तीले मुलुकले सन् २०१४ को पहिलो त्रैमासिकमा ५.१२ प्रतिशतको वृद्धि भएको बताइन् । तर गत त्रैमासिकको तुलनामा आर्थिक वृद्धि ०.८३ प्रतिशतले संकुचित भएको छ ।

    उत्पादनको हिसावले पहिलो त्रैमासमा आर्थिक वृद्धिमा मुख्य योगदानकर्ता प्रशोधन, व्यापार, निर्माण र खानी क्षेत्र रहेको छ । सन् २०२४ को पहिलो त्रैमासिकमा, उत्पादन क्षेत्र ०.८६ प्रतिशतमा वृद्धिको उच्चतम स्रोत रहेको उनले बताइन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend