बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

शेयर बजारमा सामान्य सुधार, १२० कम्पनीको मूल्य वृद्धि

शेयर बजारमा सामान्य सुधार, १२० कम्पनीको मूल्य वृद्धि

काठमाडौँ । शेयर बजारमा लगातार ओरालो यात्रा पछि मंगलबार सुधार आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.०६ अकंले बढेर १९६०.८१ बिन्दुमा बन्द भएको हाे ।

आज ३१४ कम्पनीको ५० लाख ६४ हजार ३८ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज ११४ कम्पनीको शेयर मूल्य घटेको छ भने १२० कम्पनीको वृद्धि भएको हो ।

मंगलबार चार उपसूचकमा हरियाली भएको छ ।

आज माइक्रोफाइनान्स समूहको २.४३ प्रतिशत, अन्य समूहको ०.७० प्रतिशत, म्युचुअल फण्ड समूहको ०.३० प्रतिशत र विकास बैंक समूहको ०.३१ प्रतिशतले शेयर मूल्य बढेको छ ।

साथै, पोखरा फाइनान्सको ८ करोड३२ लाख रुपैयाँ, आएसडिसि लघुवित्तको ६ करोड ५७ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ५ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend