सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

संसदलाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे

संसदलाई समस्या समाधानको थलो बनाऔँ : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका छन् । मंगलवार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उनले यस्तो बताएका हुन् ।

उनले आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे । उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए ।

उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताए । उनले संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताए । उनले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए ।

उनले भने, ‘यो निरन्तर प्रक्रिया हो । समस्याहरु आइरहन्छन् । समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ । समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुन्छ । कतिपय संसदबाट पनि हुन्छ । आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ ।’

‘शंका गर्नुपर्ने आधार देखेको छैन । संसदलाई समस्या समाधानको थलो बनाउनुपर्छ । अवरोधको थलोमा लैजानु हुँदैन । यसमा सबै राजनीतिक दलहरु सचेत हुनुहुन्छ । संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुन्छ । आउँदा दिनमा दलहरु गम्भीर हुनेछन् । समस्याको समाधान दलबाट निकाल्दै संसद अघि लैजान प्रभावकारी रुपमा लैजानुहुन्छ । अवरोध हटाउन सबैको आफ्नो आफ्नो भुमिका हुन्छ’ उनले भने ।

सभामुख घिमिरेले संसद राम्रो सँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुने र आउँदा दिनमा दलहरु गम्भीर हुनुपर्ने बताए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend