शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

एमाले ताप्लेजुङको अध्यक्षमा तुम्बाहाम्फे निर्वाचित

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ताप्लेजुङको अध्यक्षमा डम्बरध्वज तुम्बाहाम्फे निर्वाचित भएका छन् ।

मङ्गलबार सम्पन्न पार्टीको १२औँ जिल्ला अधिवेशनले उनलाई निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार तुम्बाहाम्फेले आफ्ना प्रतिस्पर्धी बलबहादुर साम्सोहाङभन्दा २६ मत बढी पाएका थिए ।

पार्टी उपाध्यक्षमा दीपेन्द्र पोमू, सचिवमा सन्तोष चाम्लिङ, उपसचिव खुलामा गोपाल न्यौपाने र उपसचिव महिलामा भीमादेवी ओझा निर्वाचित भएका छन् ।

जिल्लाभरबाट तीन सय ६७ प्रतिनिधि अधिविशेनमा सहभागी भएका थिए । अधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend