logo

२०८१ मंसिर ६ बिहिबार

logo
  • बिहिबार, ६ मंसिर २०८१
  • ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो

    ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो

    777
    Shares
    ब्राजिलमा आँधीका कारण मृत्यु हुनेको संख्या ९० पुग्यो

    काठमाडौं । दक्षिण ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यमा पछिल्लो २४ घण्टामा आएको आँधीका कारण थप पाँच जनाको मृत्यु भएको छ । यसबाट मृत्यु हुनेको संख्या ९० पुगेको राज्यको नागरिक सुरक्षा निकायले जनाएको छ ।

    उरुग्वे र अर्जेन्टिनाको सीमानामा रहेको राज्यमा कीर्तिमानी वर्षा, बाढी र पहिरोले १३२ जना बेपत्ता र ३६१ जना घाइते भएका छन् । विगत आठ दिनमा २ लाख भन्दा बढी बासिन्दाहरूलाई घर छोड्न बाध्य बनाएको छ ।

    राजधानी शहर पोर्टो एलेग्रेलगायत राज्यका ४९७ शहरमध्ये ३८८ मा १४ लाखभन्दा बढी मानिस प्रकोपबाट प्रभावित भएका छन् । शहरको ८५ प्रतिशत भन्दा बढी जनसंख्याले पिउने पानीको पहुँच गुमाएका छन् ।

    बाढीबाट ७९० विद्यालय प्रभावित, ३८८ वटा क्षति र अन्य ५२ वटा विस्थापितलाई आश्रय दिन सेवा दिइरहेकाले राज्यभर कक्षाहरू स्थगन गरिएको छ । ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले प्रकोप स्थलहरूको भ्रमण गरेका छन् । संघीय सहायताको प्रतिवद्धता गरेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend