logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप असारमा हुने

    प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप असारमा हुने

    767
    Shares

    काठमाडौँ । प्रथम सहाना प्रधान यु–१९ महिला तथा पुरुष भलिबल च्याम्पियनसिप असारमा हुने भएको छ ।

    सहाना प्रधान प्रतिष्ठानको आयोजनामा तथा नेपाल भलिबल संघको प्राविधिक र व्यवस्थापनमा असार ९ गतेदेखि १५ गतेसम्म च्याम्पिनसिप हुने भएको हो । आज बुधवार पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराइएको थियो ।

    प्रतियोगितामा ७ प्रदेशका महिला र पुरुषबीच सहभागिता रहनेछ । संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले तयारी पनि भइरहेको बताए । दुवैतर्फको विजेताले तीन लाख, दोस्रोले दुई लाख र तेस्रोले एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

    प्रतियोगिताको दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले २५ हजार र व्यक्तिगत विधातर्फ १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताबाट यु–१९ राष्ट्रिय टोलीका लागि खेलाडी छनोट गरिने भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए ।

    कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष तथा पूर्वमन्त्री रामकुमारी झाँक्री र भलिबल संघका अध्यक्ष चन्दले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

    प्रतियोगिताको लागि ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको आर्थिक व्यवस्थापन प्रतिष्ठान गर्ने उल्लेख गरिएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend