logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित

    अन्तर्राष्ट्रिय पदक विजेता बास्केटबल खेलाडी सम्मानित

    702
    Shares

    काठमाडौं । अन्तर्राष्ट्रिय आमन्त्रित बास्केटबल प्रतियोगितामा स्वर्ण पदक विजेता नेपाली राष्ट्रिय ‘थ्री एक्स थ्री’ बास्केटबल टिम सम्मानित भएको छ ।

    नेपाल बास्केटबल संघले बिहीवार स्वर्ण विजेता टोलीका सदस्यलाई जनही ३० हजार रुपैयाँले सम्मान गर्दै प्रोत्साहित गरेको हो ।

    नेपालले गत सोमवार चीनको युनान प्रान्तको खेलकुद ब्युरोद्वारा आयोजित युनान प्रान्त बोर्डर ह्याप्पिनेस भिलेज स्पोटर््स कार्निभलमा स्वर्ण पदक जितेको थियो । यद्यपि यो नेपाली बास्केटबल टोलीले प्राप्त गरेको पहिलो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो । यस प्रतियोगितामा नेपालसहित विभिन्न सात देश र चीनका विभिन्न प्रान्त तथा विश्वविद्यालय गरी ३९ टोलीले प्रतिष्पर्धा गरेका थिए ।

    नेपालसहित माल्दिभ्स, लाओस, भियतनाम, थाइल्याण्ड, म्यानमार र क्याम्बोडियाले सो प्रतियोगितामा प्रतिष्पर्धा गरेका हुन् । जहाँ नेपालले स्वर्ण पदक प्राप्त गर्यो । स्वर्ण विजेता नेपाली टोलीमा विजय बुर्जा, निकेश मगर, मनिष केसी र निश्चल महर्जन थिए ।

    टोलीको प्रशिक्षकमा सुशील गुरुङ थिए । मनिष केसी प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी तथा प्रशिक्षक गुरुङ उत्कृष्ट प्रशिक्षक चयन भएका थिए । संघका अध्यक्ष भीमसिंह गुरुङले स्वर्ण पदक जित्दा खुशी लागेको उल्लेख गर्दै नेपालले ‘थ्री एक्स थ्री’ बास्केटबलको विश्व छनोटमा भाग लिने पनि जानकरी दिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend