सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको अन्तिम दिन अर्थात् आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला दुई हजार तीन सय रूपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३७ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि ५० रूपैयाँले बढेको छ । चाँदी शुक्रबार प्रतितोला १७ सय ३५ रूपैयाँमा कारोबार भइरहेको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend