सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

आर्थिक वर्ष २०२४–२५ मा ३५ लाख टन रबर निर्यात गर्ने म्यान्मारको लक्ष्य

आर्थिक वर्ष २०२४–२५ मा ३५ लाख टन रबर निर्यात गर्ने म्यान्मारको लक्ष्य

काठमाडौं । म्यानमारले आर्थिक वर्ष २०२४–२५ मा ३५ लाख टन रबर निर्यात गर्ने लक्ष्य राखेको छ । म्यानमारले अप्रिलमा शुरु भएको आर्थिक वर्ष २०२४–२५ मा ३५ लाख टन रबर निर्यात गर्ने लक्ष्य राखेको म्यानमार रबर प्लान्टर्स एण्ड प्रोड्युसर एशोसिएशनका एक अधिकारीले बताए ।

म्यानमारबाट निर्यात हुने अधिकांश रबर चीन, मलेसिया, इण्डोनेसिया, सिंगापुर, भियतनाम, जापान र भारतका लागि हुने गरेको छ ।

मोन राज्य म्यानमारको सबैभन्दा धेरै रबरको रूख भएको क्षेत्र हो । त्यसपछि तनिन्थरी क्षेत्र, केइन राज्य, बागो क्षेत्र, यांगुन क्षेत्र, अय्यरवाडी क्षेत्र, शान राज्य, काचिन राज्य, सागिङ क्षेत्र र राखिन राज्य पर्दछन् ।

अन्तर्राष्ट्रिय लगानी रबरको गुणस्तर अभिवृद्धि र उत्पादन सुविधा स्थापना गर्न प्रयोग गरिनेछ । आर्थिक वर्ष २०२३–२४ मा म्यानमारले करिव २ लाख टन रबर निर्यात गरेको थियो ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend