१८ वैशाख काठमाडौं । पुर्वमन्त्री तथा नेकपा सांसद खगराज अधिकारीले नेकपाको एकताको लागी आफुले निर्बाचन क्षेत्र छोड्न तयार रहेको बताउनु भएको छ।
कास्की १ बाट निर्वाचित सांसद रहेका खगराज अधिकारीले आफु नेकपाको एकताको लागी जस्तो सुकै त्याग र तपस्या गर्न तयार रहेको भन्दै आफुले सांसद पद त्यागेर कसैलाई सहज हुन्छ भने नेकपाको एकताको लागी आफुले निर्बाचन क्षेत्र छोड्ने उँहाको तर्क छ।
नेकपा भित्रको बिबाद बढ्दै जाँदा नेकपा सम्बद्ध नेता कार्यकर्तामा त्यसले निकै तनाब सृजना गरेको छ। नेकपा भित्रको एकता कायम गर्न जनता देखि नेतासम्म आफु जस्तो सुकै त्याग गरेर भएपनि एकता सुदृढ़ गराउन चाहेका बेला नेकपा सांसद तथा पुर्वमन्त्री खगराज अधिकारीले पार्टी एकताको लागी आफुले सांसद पद त्याग्न तयार बताउनु भएको हो ।
बुधबारको नेकपाको बैठकमा बामदेव गौतमलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री बनाउने प्रस्ताव गरेपछि आएको यो धारणालाई अर्थपूर्ण रुपमा हेरीएको छ।