logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

    राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

    798
    Shares
    राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली
    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास निर्माण हुन नसकेको बताएका छन् ।
    एमालेको भौतिक पूर्वाधार तथा यातायात केन्द्रिय विभागले आज यहाँ आयोजना गरेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थासम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले राजनीतिक अस्थिरताले  विकासका काम अगाडि बढ्न नसकेको बताएका हुन् ।
    “विकासका कुरा कतिले बुझ्दैनन् । कतिले रोकिदिन्छन् त कतिले भत्काइदिन्छन् । यो जरुरी छैन भन्ठान्छन् ।
    यस्ता कुराले विकास निर्माणमा व्यवधान खडा गरेको छ,” उनले भने, “तर पनि हामीले काम गरिरहेका छौँ । अहिले नयाँ नयाँ खालका अभ्यास भइरहेको छ ।” उनले पूर्वाधार प्रयोग गरेर उद्यमशीलताको विकास गरी त्यसबाट रोगजारीका अवसर सिर्जना गर्नुपर्ने धारणा राखे ।
    अध्यक्ष ओलीले कृषिमा आधारित साना मझौला उद्योग स्थापना गर्नुपर्ने बताए । उनले आगामी आर्थिक वर्षमा भौतिक पूर्वाधारका लागि आवश्यक नीति तथा कार्यक्रमको तर्जुमा गरिने जानकारी पनि दिए । “पूर्वाधार विकास होइन । विकासको आधार पूर्वाधार हो । विकास गर्न पूर्वाधारको विकास चाहिन्छ, पूर्वाधारको विकासमा ठूलो सफलता प्राप्त गरिसकेका छौँ,” उनले भने ।
    उनले पूर्वाधारको विकास हुँदा  कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, विद्युत् विस्तार, संचारको विस्तारमा ठूलो प्रगति गरेको बताए ।
    नेपालजस्तो दुर्गम देशमा उत्पादनले बजार पाउँदैनन् भन्ने ठूलो गुनासो रहेकाले उनले केही ठाउँबाहेक त्यस्तो गुनासो नभएको स्पष्ट पारे । अध्यक्ष ओलीले हरेक पालिकाका सदरमुकामलाई कालोपत्र बाटोले जोड्न  अभियान सञ्चालन गरेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend