सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

मिखाइल मिशुस्टिन रुसको प्रधानमन्त्रीमा पुनः नियुक्त

मिखाइल मिशुस्टिन रुसको प्रधानमन्त्रीमा पुनः नियुक्त

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार एक अध्यादेशमा हस्ताक्षर गर्दै मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुनः नियुक्त गरेका छन् ।

रूसी संघको संविधानको धारा ८३ को बुँदा एको अनुसार मिखाइल भ्लादिमिरोविच मिशुस्टिनलाई रूसी संघको सरकारको अध्यक्षको रूपमा नियुक्त गरिएको बताइएको छ ।

अध्यादेश हस्ताक्षर भएको दिनदेखि लागू हुन्छ । यसअघि शुक्रवार रुसको स्टेट ड्युमाले मिखाइल मिशुस्टिनलाई प्रधानमन्त्रीमा पुटिनको मनोनयनलाई अनुमोदन गरेको थियो ।

सन् २०१० देखि २०२० सम्म रूसी संघीय कर सेवाको प्रमुखको रूपमा सेवा गरेपछि मिशुस्टिनलाई २०२० मा पहिलो पटक प्रधानमन्त्री नियुक्त गरिएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend