काठमाडौँ । डोटीको जोरायल गाउँपालिका–४ बाँजीलेकमा चट्याङ लागेर एक महिला घाइते भएकी छन् ।
घाइते हुनेमा जोरायल गाउँपालिका–४ बाँजिलेक बस्ने ३१ वर्षीय पार्वतीदेबी बोहरा रहेकी जोरायल गाउँपालिका–२ का वडाअध्यक्ष वीरबहादुर दर्लामीले बताए ।
उनले भने, “चट्याङ लागेर पार्वती बोहरा घाइते भएकी र थप उपचारका लागि सेती प्रादेशीक अस्पताल कैलाली पठाईएको छ ।”
शनिबार बिहान घरमा बसिरहेको बेला हाँवाहुरी सहित घरमा परेको चट्याङले बोहरा घाइते हुनुका साथै गोठमा बाँधेको एक बाख्रा समेत मरेको छ ।
बोहराको घरमा समेत चट्याङले क्षेती पुगेको वडाअध्यक्ष दर्लामीले जानकारी दिए ।