शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

कांग्रेससँग भोलि बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्छौँ : प्रधानमन्त्री दाहाल

कांग्रेससँग भोलि बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्छौँ : प्रधानमन्त्री दाहाल

sf7df8f}F, !% r}tM Goflos ;ldltsf] /fli6«o ;Dd]ng ;Daf]wg k|wfgdGqL k'iksdn bfxfn …k|r08Ú sf7df8f}F dxfgu/kflnsfn] cfof]hgf u/]sf] Goflos ;ldltsf] klxnf] /fli6«o ;Dd]ngnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिना अवरोध प्रश्तुत हुने दाबी गरेका छन् । जेठ १ गते राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसद प्रश्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

तर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरण छानविन समिति नबनेसम्म संसद चल्न नदिने चेतावनी दिइरहेका बेला प्रधानमन्त्री दाहालले आज बिहान काँग्रेस नेतृत्वसँग गम्भिरतापूर्वक छलफल गरेको र भोलि बेलुकासम्म सरकारको नीति तथा कार्यक्रम सहज ढंगले अघि बढने वातावरण बन्ने विश्वास व्यक्त गरे ।

उनले कांग्रेससँग सहमतीको ढोका खोल्नका लागि आफूले गम्भिरतापूर्वक छलफल गरेको पनि स्पष्ट पारे । आईतवार दिउँसो राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमपछि संक्षिप्त कुरा गर्दै प्रधानमन्त्री दाहालले कांग्रेससँग सोमवार (भोलि) बेलुकासम्म छलफलबाट निष्कर्ष निकाल्ने बताए ।

उनले भने, ‘मैले त्यही ढोका खोल्नकै लागि गम्भिरतापूर्वक नै आज प्रतिपक्षसँग छलफल भएको छ । अन्तिम निष्कर्षमा नपुगेपनि मलाई के विश्वास भएको छ भने भोलि बेलुकासम्म हामी एउटा निष्कर्ष निकालेर नीति, कार्यक्रम सहज ढंगले अगाडि बढ्ने वातावरण बन्छ ।’

यता, प्रधानमन्त्री दाहालसँगको भेटपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पनि प्रधानमन्त्री उपप्रधानमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउन प्रधानमन्त्री दाहाल सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend