काठमाडौं । इजिप्टको सशस्त्र बलले इजिप्ट, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) ले गाजापट्टीमा संयुक्त रूपमा मानवीय सहायता पर्याएको घोषणा गरेको छ ।
इजिप्टको सेनाले इजिप्टले भ्रातृ प्यालेस्टिनी जनताको समर्थनमा गरेको प्रयासको निरन्तरता र वर्तमान संकटलाई कम गर्न रतथा युद्धविराममा पुग्न सबै पक्ष र अन्तर्राष्ट्रिय शक्तिहरूको सहयोगमा यो कदम चालिएको बताएको हो ।
गाजापट्टीमा प्यालेस्टिनी नागरिकहरूले सामना गरिरहेको कठिन मानवीय त्रासदीको अन्त्य गर्न आह्वान समेत गरेको छ ।