बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

बढ्यो शेयर बजार, १२७ कम्पनीको शेयर मूल्य बढ्दा कारोबार कति ?

बढ्यो शेयर बजार, १२७ कम्पनीको शेयर मूल्य बढ्दा कारोबार कति ?

काठमाडौँ । साताको पहिलो कारोबारको दिन शेयर बजारमा सामान्य सुधार भएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.२६ अकंले बढेर १९७४.५० बिन्दुमा बन्द भएको हाे ।

आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनीकाे शेयर मूल्य घटेको छ ।

आइतबार ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार रुपैयाँको कारोबार भएको छ ।

आज १० उपसूचकमा हरियाली आएको छ । आइतबार निर्जीवन बीमा समूहको २.६४ प्रतिशत, विकास बैंक समूहको १.०४ प्रतिशत, जीवन बीमा समूहको १.२५ प्रतिशत, बैंकिङ समूहको ०.४३ प्रतिशत, हाइड्रोपावर समूहको ०.१६ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.१५ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सांग्रिला डेभलपमेन्ट बैंकको १० करोड ५० लाख ६० हजार रुपैयाँ, पोखरा फाइनान्सको ८ करोड ६ लाख रुपैयाँ, सोनापुरको ८ करोड ५ लाख रुपैयाँ र शिवम सिमेन्टको ७ करोड ७१ लाख रुपैयाँको कारोबार भएको छ ।

सिर्जनशिल लघुवित्तको शेयरमा सकारात्मक सर्किट लागेको छ । उन्नती सहकार्य लघुवित्तको ७.५२ प्रतिशत, युनाइटेड अजोडको ५.६९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

आज सबैभन्दा धेरै सृजनशिल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज मानुषि लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ५‍.४४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend