logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा

    माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा

    2K
    Shares
    माओवादी केन्द्रले मधेस सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री यादव अल्पमतमा

    काठमाडौं । मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएको छ । मधेस सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा बुझाएपछि सरकारबाट समर्थन फिर्ता लिएको हो ।

    माओवादी केन्द्रले प्रदेश सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेस सरकार अल्पमतमा परेको छ । प्रदेशका १ सय ७ प्रदेस सभा सदस्यहरुमध्ये मधेस सरकार बनाउन ५४ प्रदेस सभा सदस्यको समर्थन आवश्यक हुन्छ ।

    पछिल्लो पटक ६१ प्रदेस सभा सदस्यहरुको विश्वासको मत पाएका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै प्रदेस सरकार अल्पमतमा परेको हो । प्रदेस सभामा माओवादी केन्द्रका ९ प्रदेस सभा सदस्य रहेका छन् ।

    यसअघि आईतवार नै मधेस सरकारबाट नेकपा (माओवादी केन्द्र) बाहिरिएको थियो । आईतवार मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादवलाई भेटेर राजीनामा बुझाएका थिए । साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले सम्हाल्न स्वीकार गरेका थिएनन् । भट्टराई भने उद्योग तथा पर्यटनमन्त्री थिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend