नेपाल प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले देखि महानगरीय अपराध महाशाखाकाको प्रमुखको कार्यभार सम्हाल्नु भएको छ ।
केहि दिन अगाडी आर्थिक प्रशासन महाशाखाको प्रमुखबाट सरुवा हुनुभएका एसएसपी थापाले अब उपत्यकाको अपराध अनुसन्धान तथा नियन्त्रण नेतृत्व गर्नु हुनेछ। नेपाल प्रहरीमा अब्बल प्रहरी अधिकृतको रुपमा परिचित थापाले आर्थिक प्रशासनको नेतृत्व गर्दा नेपाल प्रहरीलाई बेरुजु फर्छ्यौटमा दुई बर्ष पुरस्कार दिलाउन सफल हुदै आफु स्वयम समेत दुईवटै आर्थिक बर्षमा पुरस्कृत हुनुभएको थियो।
पदभार ग्रहण गर्दै एसएसपी थापाले अपराध महाशाखाको जिम्मेवारी चुनौतीपूर्ण रहेको भन्दै त्यसलाई अवसरका रुपमा परिणत गर्ने प्रतिवद्धता जनाउदै उंहाले भन्नुभयो ‘अपराध महाशाखाको अहिलेसम्मको साखलाई जोगाउने गरी काम गर्ने मेरो प्रयत्न हुन्छ । प्रचलित ऐन र कानुनभित्र रहेर कानुनी कठोरता र व्यवहारमा नरमता लागु गर्ने र उपत्यकालाई सुरक्षित गर्ने काममा म अहोरात्र खटिनेछु । ’
एसएसपी थापा भर्खरै अमेरिकामा एक महिने तालीम समेत सकेर आउनु भएका एसएसपी थापा अपराध अनुसन्धान, पुलिसिङ तथा कमाण्ड कन्ट्रोलमा राम्रो दख्खल राख्ने अधिकृतका रूपमा चिनिनु हुन्छ ।
डीएसपी हुँदा खोटाङ, महाराजगन्ज बृत्त, इलाका प्रहरी कार्यालय बुटवल तथा एसपीको रुपमा जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड सम्हाल्नु भएको थियो।