logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • अर्ब बढी लगानीमा क्षमता विस्तार गर्दै र्‍याडिसन होटल, व्यापार सवा अर्ब पुग्यो

    अर्ब बढी लगानीमा क्षमता विस्तार गर्दै र्‍याडिसन होटल, व्यापार सवा अर्ब पुग्यो

    1.5K
    Shares
    अर्ब बढी लगानीमा क्षमता विस्तार गर्दै र्‍याडिसन होटल, व्यापार सवा अर्ब पुग्यो

    काठमाडौं । राजधानीको लाजिम्पाटमा रहेको पाँचतारे र्‍याडिसन होटल क्षमता विस्तार गरिरहेको छ । होटलले ३० कोठा भएको अपार्टमेन्ट ब्लक निर्माण गरिरहेको छ ।

    अपार्टमेन्ट ब्लक आगामी सन् २०२५ भित्र सम्पन्न हुने ओरियन्टल होटल्स लिमिटेडले जनाएको छ । होटलको क्षमता अझ बढेपछि पिक सिजनको मागलाई पूरा गर्ने छ । होटल पूर्वाधार थप्न र्याडिसनले १ अर्ब ६० करोड ३० लाख रुपैयाँ ऋणको रेटिङसमेत गराएको छ । होटलको अहिले २ सय ६० कोठा रहेको छ ।

    होटलले ऋण लिएर क्षमता विस्तार गरिरहेको छ । जबसम्म आम्दानी समान रूपमा बढ्दैन तबसम्म थपिएको ऋण बोझले कम्पनीको वित्तीय र ऋण कभरेज मेट्रिक्सलाई दबाब दिने सम्भावना छ । सेवा सञ्चालनमा आएपछि आम्दानीमा सुधार आउने अपेक्षा गरिएको छ ।

    र्‍याडिसनको व्यापार ९५ प्रतिशत बढ्यो

    क्षमता विस्तारमा लागेको र्‍याडिसन होटलको व्यापार ९५ प्रतिशत बढेको छ । र्‍याडिसनका सञ्चालक ओरियन्टल होटल्स लिमिटेडका अनुसार गत वर्ष १ अर्ब २१ करोड १० लाख रुपैयाँको व्यापार गरेको छ । अघिल्लो वर्ष २०२२ मा र्याडिसनले ६२ करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको थियो ।

    एक वर्षको अवधिमा र्‍याडिसनको व्यापार झण्डै ५९ करोड रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । होटलको कोठा, फूड एन्ड बेभरेज, ब्याँकेट हलका साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको लाउन्जबाट राम्रो आम्दानी गरेको होटलले जनाएको छ । कोभिड महामारीपछि होटलको व्यापार विस्तारै लयमा फर्किएको वित्तीय विवरणले देखाएको छ ।

    २०२१ मा १३ करोड १० लाख, २०२० मा ७८ करोड ८० लाख रुपैयाँ व्यापार गरेको थियो । यस्तै २०१९ मा १ अर्ब ३२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

    र्‍याडिसन होटलको स्थापना सन् १९९४ मा भएको हो । १९९९ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । होटल नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत छ । होटल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोमिटर दुरीमा रहेको छ । होटलको व्यवस्थापन विश्वव्यापी चेन र्‍याडिसन होटल्स ग्रुपको छ ।

    होटलको बहुमत स्वामित्व श्रेष्ठ परिवारिको स्वामित्वमा रहेको छ । ओरियन्टल होटलमा श्रेष्ठ परिवारको ७० प्रतिशत सेयर रहेको छ । स्थानीय बजार र सरोकारवालाहरूसँग उच्चस्तरीय होटल सञ्चालन र तिनीहरूको आकर्षण सकारात्मक रहेको छ।

    र्याडिसनसँगको फ्रेन्चाइजी सम्झौताअनुसार सन् १९९९ देखि आफ्नो होटल र्‍याडिसन ब्रान्ड अन्तर्गत सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend