शुक्रबार, चैत्र २९ २०८१

शुक्रबार, चैत्र २९ २०८१

संविधान बचाउनु सबै नेपालीको जिम्मेवारी हो : प्रथम राष्ट्रपति यादव

संविधान बचाउनु सबै नेपालीको जिम्मेवारी हो : प्रथम राष्ट्रपति यादव

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले संविधानलाई बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले अहिलेको संविधान लोकतान्त्रिक, गणतान्त्रिक, संघीयता सहितको र समावेशी तथा समानुपातिक रहेको बताए । उनले संविधान बचाएर लैजाने सबै नेपालीको जिम्मेवारी रहेको बताए । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको कुराप्रति इंगित गर्दै उनले संविधान नै सकिने अवस्थाबाट नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले संविधान बचाउन ठूलो भुमिका खेलेको बताउनु भयो । संविधानलाई संशोधन गरी समायानुकल बनाउन आवश्यक हुने पनि बताए ।

उनले भने, ‘हामीले जुन संविधान लिएर आएका छाैँ, त्यो संविधान लोकतान्त्रिक, गणतान्त्रिक छ, संघीयतासहित छ । समावेशी छ । समानुपातिक छ । आज ४५ हजार प्रतिनिधिहरु स्थानीय सरकारमा छन् । सबै समावेशी छन् । सही कुरा हामीले भन्दै जानुपर्छ । जुन संविधान ल्याएका थियौँ, संविधानलाई बचाएर लैजाने हामी नेपालीको जिम्मेवारी हो । त्यसमा बढी जिम्मेवारी माधव नेपालजीको छ ।

उहाँले यो जिम्मेवारी निर्वाह गर्नुभएको छ । संविधान नै खत्तम हुन थालेको थियो, त्यो संविधान बचाउन ठूलो रिस्क लिएर पाँच पार्टीलाई एक ठाउँमा ल्याएर बचाउनु भयो । यो ठूलो योगदान हो । उहाँ त्यो बेला अडिग नभएको भए यो संविधान रहन्न थियो । यत्रो ठूलो बलिदानपछि ल्याएको संविधान जुन छ, यसलाई कसरी बचाएर राख्ने, समयसापेक्षा कसरी परिवर्तन गर्ने, परिर्वतन र संशोधन गर्दै अघि बढ्नुपर्छ ।’

प्रथम राष्ट्रपति यादवले आगामी दिनमा पनि झनै राम्रा काम गर्दै अघि बढ्न नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई आग्रह गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend