सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छः अध्यक्ष नेपाल

इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्नुपर्छः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले इतिहासका प्रत्येक भोगाइहरु लेखेर राख्न आवश्यक रहेको बताएका छन् ।

मंगलवार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिष्ट आन्दोलनमा माधवकुमार नेपाल’ पुस्तक विमोचन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले जीवनका कुराहरु राम्रोसँग नोट नगरे जीवनसँगै सकिने र अर्को पुस्ताका लागि जानकारी पाउन कठिन बन्ने बताए । उनले सबैले इतिहासका भोगाइहरुलाई टिपेर राख्न सुझाव दिए । उनले छिटै नै नकेपा विभाजन र नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माणको बारेमा लेखिएको पुस्तक आउन लागेको भन्दै त्यस पुस्तकले विभाजन र पार्टी निर्माणको बारेमा सबै स्पष्ट पार्ने उल्लेख गरे ।

उनले भने, ‘जीवनका कुराहरु राम्रोसँग नोट गरिएन भने बिर्सिइन्छ, रेकर्ड गरिएन भने बिर्सिइन्छ । इतिहासका महत्वपूर्ण सबै पात्रहरुलाई भन्न चाहन्छु, इतिहासका प्रत्येक घटनाक्रमको बारेमा आफूले देखेका लागेका, अनुभुत गरेका, भोगेका सबै कुराहरु लेखेर राख्न आवश्यक छ ।

डकुमेण्ट्सहरुको पनि त्यत्तिकै ठूलो महत्व छ । अब चाँडै नै अर्को किताव आउँदैछ । त्यो किताव हाम्रो पार्टीका निम्ति अहिले सबैभन्दा बढी जरुरी छ । त्यो बेलामा नेकपा एकीकृत समाजवादी गठनको पृष्ठभूमि, विवाद कसरी भएका थिए, व्यक्तिगत भनाइ होइन, डकुमेण्टहरुको सबै कुरा राखिएको । तथ्यले त्यो सबै बोल्नेछ ।’

सो क्रममा अध्यक्ष नेपालले आफ्नो राजनीतिक अनुभवका विभिन्न भोगाइरहेको बारेमा पनि स्मरण गरेका थिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend