काठमाडौं । सरकारले वित्त तथा मौद्रिक नीतिको समाञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमश सुधार आएको बताएको छ । मंगलवार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेश गर्दै यस्तो बताएका हुन् ।
उनले सरकारले वित्त र मौद्रिक नीति कार्यान्वयनमा समाञ्जस्यताले अर्थतन्त्रमा सुधार भएको बताए । उनले अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको बताए । उनले मूल्यवृद्धिदर पनि घटेको बताए । उनले कानूनहरुमा सुधारगरी लगानीको वातावरणमा सुधार गरिएको बताए ।
उनले भने,‘वित्त तथा मौद्रिक नीतिको समाञ्जस्य कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको आर्थिक वृद्धिदरमा सुधार भएको छ । मूल्यवृद्धिदर घटेको छ । कानूनहरुमा सुधार गरी लगानीको वातावरणमा सुधार गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम उच्च रहेको छ ।’
उनले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम उच्च रहेकाले अर्थतन्त्रमा सुधार हुँदै सकारात्मक दिशामा आएको बताउनु भयो । उहाँले शोधनान्तर र चालु खाता वचतमा रहेको पनि बताए ।