logo

२०८१ जेष्ठ ८ मंगलबार

logo
  • मंगलबार, ८ जेष्ठ २०८१
  • अपराध नियन्त्रण र नागरीक सेवाका लागी २४ सै घण्टा खटिन्छौ – एसएसपी थापा

    अपराध नियन्त्रण र नागरीक सेवाका लागी २४ सै घण्टा खटिन्छौ – एसएसपी थापा

    5K
    Shares

    २३ वैशाख, काठमाडौं । भर्खरमात्र महानगरीय अपराध महाशाखाको प्रमुख जिम्मेवारी सम्हाल्नुभएका वरिष्ठ प्रहरी उपरीक्षक दिपक थापाले अपराध नियन्त्रण र नागरीक सेवाको लागी चौबीसै घण्टा खटिन तयार रहेको बताउनु भएको छ।

    नेपाल प्रहरी सेवामा २५ बर्षभन्दा बढी अनुभव संगाली सक्नुभएका थापाले प्रहरी सेवामा कुनै कमजोरी हुन् नदिने र महाशाखाले बनाएको छविलाई थप सशक्त बनाउदै अझ प्रभावकारी ढंगले अगाडी बढ्ने  रणनीति बनाएको बताउनु भयो ।

    अपराध महाशाखाको प्रमुख थापाले भन्नुभयो ,‘ म जनताको शान्ति सुरक्षा र अपराध अनुसन्धानमा थप प्रभावकारी रुपमा बढ्नेछु ।’ अहिलेसम्म आफूले अन्र्तराष्ट्रिय स्तरमा लिएका तालिम र अध्ययनलाई प्रविधिको नविनतम माध्यमबाट अपराध न्यूनिकरण गर्ने उहांँले प्रतिबद्धता व्यक्त गर्दै । ‘काठमाडौ देशकै केन्द्रबिन्दु र आपराधिक गतिविधिको हब हो उहांँले भन्नुभयो, यसलाई न्यूनिकरण र नियन्त्रण गर्न मेरोलागि चुनौतिसंँगै अवसर पनि हो ।’

    हेर्नुहोस सुनौलो नेपालले उंहासंग गरीएको कुराकानी

    सरकारले आफूलाई विश्वास गरेरनै महाशाखाले प्रमुखको जिम्मेवारी दिएको भन्दै उहांँले आफूले प्रहरीको शाख गिर्न नदिन कटिबद्ध रहने बताउनु भयो । आफूमाथि नागरिकको पनि उत्तिकै विश्वास र आशा रहेको बताउंँदै थापाले आफूले नागरिकलाई अमनचयन र शान्तिसुरक्षा राख्न २४सै घण्टा खटिने बताउनु भयो ।

    विगतका बर्षहरुमा अपराध महाशाखाको पहिचान र काम कर्तव्य अधिकारलाई शिरोपर गरी यसका लागि अगाडि बढ्ने प्रमुख थापाको भनाई छ ।
    प्रहरीभन्दा अपराधी सधै एक स्टेप अगाडि बताउने थापा भन्नुहुन्छ, ‘क्रिमिनल आर ओन स्टेप अहेड’ भनेपनि सूचना प्रविधि र प्रहरीको समन्वय र सहकार्यमा आफूले योजनबद्ध ढंगले अघि बढ्छु ।’‘ट्रयाक र ट्रेण्ड हरेर म अपराध नियन्त्रण न्यूनिकरण गर्नेछु ।’ उहांँले थप्नुभयो ।
    विगतका अपराधका प्रकृतिलाई हेरेर र संभावित अपराधलाई मध्यनजर गरेर आफूले अपराध नियन्त्रण र न्यूनिकरण गर्न आफूले दायित्व निर्वाह गर्ने बताउनु भयो । अपराध नियन्त्रण र न्यूनिकरणका लागि नागरिकको भूमिका र साथको उत्तिकै आबश्यक रहेको बताउंँदै उहांँले विना हिच्किचाहट प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । ‘अपराध नियन्त्रण, न्यूनिकरण र शान्ति सुरक्षा कायम राख्न २४सै घण्टा मेरो नम्बर खुल्ला छ ,जतिबेला पनि सम्पर्क गर्नुसक्नुहुन्छ ’उहांँले आग्रह गर्नुभयो ।

    वरिष्ठ प्रहरी उपरीक्षक थापा देशका विभिन्न जिल्लामा प्रमुख प्रहरी अधिकृत को भूमिका निभाईसक्नुभएका थापा एक अब्बल प्रहरीको रुपमा चिनिन सफल हुनु भएको छ । तात्कालिन चितवनको स्थानीय तहको निर्वाचनमा समेत उहांँले आफ्नो क्षमता प्रर्दशन गरेर आफूलाई राष्ट्रसेवक प्रहरीको रुपमा स्थापित भईसक्नुभएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend