logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • मानव अधिकार आयोगमा महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए उजुरी

    मानव अधिकार आयोगमा महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए उजुरी

    1.5K
    Shares

    २२ वैशाख, काठमाडौं । अपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले अपहरण नगरेको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

    सोमबार आयोग कार्यालय पुगेका उनीहरुले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरण नगरेको भन्दै आफूहरु निर्दोष रहेको बताएका छन्

    आफूलाई सांसदहरु बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले अपहरण गरेको भन्दै आफ्नो मानव अधिकार रक्षा गरिदिन माग गर्दै डा. यादवले वैशाख १८ गते आयोगमा उजुरी दिएका थिए ।

    यादवले उजुरी दिएको चार दिनपछि आयोग पुगेका आरोपित सांसद र पूर्वआईजीपीले आफूहरुले अपहरण नगरेको भन्दै अर्को निवेदन दिएका हुन् ।

    महोत्तरीस्थित घरमै रहेका डा। यादवलाई नेकपा सांसद बस्नेत, श्रेष्ठ र पूर्वआईजीपी खनालले वैशाख १० गते काठमाडौं ल्याएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend