मंगलबार, चैत्र १९ २०८१

मंगलबार, चैत्र १९ २०८१

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा हेर्दाहेर्दैमा परेको छ ।

लामिछाने विरुद्ध दायर भएको जबरजस्ती करणीसम्बन्धी मुद्दा मंगलबार हेर्दाहेर्दैमा राखिएको हाे ।

उच्च अदालत पाटनमा जारी बहस नसकिएपछि भोलिका लागि हेर्दाहेर्दैमा राखिएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस भएकाे हाे । न्यायाधीशद्वयले यो मुद्दामा आजै बहस सक्नुपर्ने भन्दै वरिष्ठ अधिवक्ताहरूलाई समेत बहसमा समय निर्धारण गर्दै कडाइ गरे पनि आज बहस पूरा हुन सकेन ।

क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend