सोमबार, चैत्र २५ २०८१

सोमबार, चैत्र २५ २०८१

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले बढ्दै १ लाख ३८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज तेजाबी सुनको मूल्य पनि तोलामा एक हजार रुपैयाँले बढ्दै १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend