logo

२०८१ असोज ११ शुक्रबार

logo
  • शुक्रबार, ११ असोज २०८१
  • Advertisment

    Sunaulo Nepal

    सन्दीपको मुद्दामा सुनवाइ सुचारु, के हाेला फैसला ?

    सन्दीपको मुद्दामा सुनवाइ सुचारु, के हाेला फैसला ?

    1.7K
    Shares
    सन्दीपको मुद्दामा सुनवाइ सुचारु, के हाेला फैसला ?

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालत पाटनमा आजको सुनवाइ सुचारु भएको छ । हिजो दिनभरि दुवै पक्षका वकिलले बहस गरेपछि मुद्दा हेर्दाहेर्दैमा परेको थियो ।

    आज फैसला सुनाउने गरी न्यायाधीशले दुवै पक्षलाई समय निर्धारण गरिदिएका छन् ।

    अदालतमा दुवै पक्षबाट पुनरावेदन परेको हुँदा दुवैका वकिलले जवाफी बहस गर्न पाउँछन् । जवाफी बहस सकिएपछि न्यायाधीशले फैसला गर्नेछन् । आज अपराह्नसम्ममा फैसला आइसक्ने अपेक्षा छ ।

    यो मुद्दा उच्च अदालतका न्यायाधीशद्वय सुदर्शनराज भट्ट र अन्जु उप्रेती ढकालको इजलासमा छ ।

    क्रिकेटर लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसला उल्ट्याई आफूलाई सफाइ दिनुपर्ने माग गर्दै उच्च अदालत पाटन पुगेका थिए ।

    बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गत २५ पुसमा सन्दिपलाई ८ वर्ष कैद, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति दिने फैसला गरेको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend