सोमबार, चैत्र ११ २०८१

सोमबार, चैत्र ११ २०८१

बाहिरबाट काठमाडौँ आउनेलाई कोरोना परिक्षण नगरी घरभित्र छिर्न नदिउ – उपमेयर खड्गी

बाहिरबाट काठमाडौँ आउनेलाई कोरोना परिक्षण नगरी घरभित्र छिर्न नदिउ – उपमेयर खड्गी

२३ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौँ बाहिर गएकालाई स्थिति पूर्ण नियन्त्रणमा नआउदासम्म फेरी काठमाडौँ भित्राउन नहुने बताउनु भएको छ।

नेपालगंज लगायतका क्षेत्रमा संक्रमण बढ्न थालेपछि मान्छे रातरात काठमाडौँ छिरेको भन्दै बाहिर गएका मानिसहरुलाई अत्यावश्यक काम बाहेक काठमाडौँ भित्राउदा फेरी काठमाडौँकै स्थिति भयाबह बन्ने भन्दै तिनीहरुलाई आउन रोक्न सबै एकजुट हुनुपर्ने उँहाको धारणा छ।

अत्याआवश्यक परेर पनि यदि कोहि आउछन भनेपनि तिनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने र टेस्ट गरेर मात्र घरमा छिराउन समेत काठमाडौँका घरबेटीलाई आग्रह गर्नुभयो। यदि कोही आउछन भने सिधै घर छिर्न नदिन र स्थानीय सरकारलाई खबर गर्न आग्रह गर्दै अब ज्वोरो टेस्ट गरेर मात्र नहुने उँहाले बताउनु भएको छ ।

हेर्नुहोस सुनौलो नेपालले उपमेयर हरिप्रभा खड्गीसंग गरीएको कुराकानी

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend