काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले नीति तथा कार्यक्रममा लेखिएका विषय बजेटमा समेटेर कार्यान्वयन गर्ने परिस्थिति बनाउने प्रतिवद्धता जनाएका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासघले आगामी आर्थिक वर्षको बजेटमा समेटिनुपर्ने विषयमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले नीति र कार्यक्रमलाई बजेटबाट समेट्न हरप्रयास लाग्ने पनि उल्लेख गरे । अर्थमन्त्री पुनले स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउने बताए । उनले मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने नीति सरकारको रहेको बताए ।
उनले व्यवसायीहरुले सम्पतीको रक्षा र सुरक्षाका विषयमा प्रश्न उठेको भन्दै निजी क्षेत्रको मनोवल कमजोर बनाउने नीति नलिने बताए । उनले अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार ल्याउन सकिने बताए । उनले निजी क्षेत्र निरुत्साहित हुननहुने बताए । उनले सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गर्ने बताए ।
अर्थमन्त्री पुनले अर्थमन्त्रीले राम्रो कोशिस गरेको भन्ने गराउने गरी बजेट आउने दाबी गरे । उनले करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गरी आउने बताए । उनले व्यवसायीक वातावरण बनाउने गरी कसैलाई काखा कसैलाई पाखा लगाउने काम गर्ने बताए । उनले शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता दिने बताए । उनले सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरा बढाउने बताए ।
उनले भने,‘स्लो डाउनमा रहेको आर्थिक अवस्थालाई सरकारले चलायमान बनाउने र सबैको मनोवल उच्च बनाउने बजेट ल्याउँछौं । मुलुकमा व्यवसाय र उद्यममैत्री वातावरण बनाउने छौं । व्यवसायीहरुले सम्पतीको रक्षा र सुरक्षा नहुने भनेर डराउनु पर्दैन । निजी क्षेत्रका कुनै क्षेत्र विशेषलाई केन्द्रित गरेर सरकारले काम गर्र्दैन । व्यवसायीहरुलाई दुख दिने सरकारको नीति हुँदैन । मंगलवार आएको नीति तथा कार्यक्रमले उत्साह जगाएको छ । बजेट मार्फत त्यसलाई बोक्न सक्ने हामी परिस्थिती बनाउँछौं ।
अर्थतन्त्रमा सुधार गर्न सकिन्छ । अहिले पनि केही क्षेत्रहरुले असाध्यै राम्रो गरेको छ । अन्य सम्भावित क्षेत्रहरु पनि छन् । निजी क्षेत्र निरुत्साहित हुनुहुँदैन । सरकारलाई दबाब दिनुुस कहाँ सुधार गर्न आवश्यक छ त्यो गर्छ । ८ वटा संशोधन गरेको छ । सरकार नियमभित्र यथार्थको धरातलमा बसेर अधिकतम राम्रो बजेट ल्याउन कोसिस गछौं । अर्थमन्त्रीले राम्रो कोशिस गरेको भन्ने गराउँछौं ।
करका नीतिहरु मुलुकको उत्पादनलाई प्रोत्साहन र संरक्षण गर्ने कोशिस हुन्छ । व्यवसायीक वातावरण बनाउने काम हुन्छ । कोही काखा कोही पाखा हुन्छ की भनेर कुनै व्यवसायीहरु चिन्ता गर्नु पर्दैन । शिथिल रहेका क्षेत्रलाई केही चलायमान बनाउन प्राथमिकता हुन्छ । सरकार नयाँ करका दर लागू गर्ने भन्दा पनि करको दायरालाई कसरी बढाउन सक्छौं । त्यतातिर काम गरिरहेका छौं ।’
उनले बाहिर भइरहेको हल्ला जस्तो सरकारले भुक्तानी नै गर्न नसकेको भन्ने विषय सही नभएको बताए । उनले सरकारले निरन्तर भुक्तानी गरिरहेको भन्दै सिर्जना भइरहेको नयाँ दायित्व निरन्तर भुक्तानी भइरहेको दाबी गरे ।