काठमाडौँ । सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी टी–२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ ।
उच्च अदालत पाटनले आज बलात्कार मुद्दामा सन्दीपलाई सफाइ दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको हो । क्यानले आफ्नो खर्च गरेर भए पनि सन्दीपलाई आईसीसी टी–२० विश्वकप २०२४ खेल्न पठाउने जनाइएको छ ।
आईसीसीको नियमअनुसार विश्वकपमा २५ मेसम्म कुनै पनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छ ।
नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा व्यस्त रहेको छ ।