logo

२०८१ मंसिर १३ बिहिबार

logo
  • बिहिबार, १३ मंसिर २०८१
  • उपमेयर खड्गी नागढुंगा निरिक्षणमा: ई -पास र पहेंलो पास धारीलाई समेत उतै फर्काइयो

    उपमेयर खड्गी नागढुंगा निरिक्षणमा: ई -पास र पहेंलो पास धारीलाई समेत उतै फर्काइयो

    1.8K
    Shares

    २४ वैशाख, काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौँ प्रवेश गर्ने मुख्य नाका नागढुंगामा पुगेर निरिक्षण गरी अत्याआवश्यक बाहेकका कुनै पनि सवारी साधनका काठमाडौँ प्रवेश गर्न नदिन निर्देशन दिनुभएको छ।

    पछिल्लो समय उपत्यका बाहिरका क्षेत्रमा संक्रमण बढ्न थालेपछि मान्छे रातरात काठमाडौँ छिरेको सुचना आएपछि काठमाडौँ बासी त्रसित भएको भन्दै उपप्रमुख खड्गी आफै बुधबार बिहान निरिक्षणमा जानुभएको थियो ।

    नागढुंगामा पुगेर त्यहाँका सुरक्षा कर्मीसंग जानकारी लिदै अत्याआवश्यक भएका बाहेक इ पास वालाहरुलाई समेत काठमाडौँ प्रवेश गर्न नदिन आग्रह गर्दै बाहिर गएका मानिसहरुलाई काठमाडौँ भित्राउदा फेरी काठमाडौँकै स्थिति भयाबह बन्ने भन्दै तिनीहरुलाई स्थिति पूर्ण नियन्त्रणमा नआउदासम्म फेरी काठमाडौँ भित्राउन नहुने बताउनु भएको छ।

    त्यस्तै थानकोट वृतका डिएसपी घनश्याम श्रेष्ठले अत्याआवश्यक बाहेक सबैलाई उतै फर्काइएको भन्दै ई-पास पहेलो पासहरुलाई समेत नछाडीएको तर खाद्यान लगयताका मालबाहक गाडी एम्बुलेन्सहरुलाई भने प्रवेश दिईएको जनाउनु भएको थियो।

    हेर्न्नुहोस थप भिडियोमा 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend