बुधबार, भाद्र १८ २०८२

बुधबार, भाद्र १८ २०८२

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण

पूर्वराष्ट्रपति भण्डारीद्वारा मदन भण्डारीको शालिकमा माल्यार्पण

काठमाडौँ ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

३१ औं मदन—आश्रित स्मृति दिवसको अवसरमा बल्खुस्थित मदननगरमा पुगी श्रद्धाञ्जली अर्पण गरेकी हुन् । स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवाराज ज्ञवाली, महासचिव शंकर पोखरेल, उपमहासचिव द्वय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङसहितका नेताहरुको उपस्थिति रहेको थियो ।

उपस्थित नेता÷कार्यकर्ताहरुले मदन—आश्रितको शालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरेका थिए । तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend