logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • अफगानिस्तानमा बाढीले ४० हजार बालबालिकालाई घरबार बिहीन

    अफगानिस्तानमा बाढीले ४० हजार बालबालिकालाई घरबार बिहीन

    1.1K
    Shares
    अफगानिस्तानमा बाढीले ४० हजार बालबालिकालाई घरबार बिहीन

    काठमाडौं । गत हप्ताको भारी वर्षा र बाढीका कारण उत्तरी अफगानिस्तानको बाघलान प्रान्तमा करिव ४० हजार बालबालिकाहरु घरबार बिहीन भएका छन् । धेरैले आफ्नो घर मात्र नभई आफ्नो विद्यालय र खेल्ने ठाउँहरू पनि गुमाएका छन् । धरैले आफन्तजन पनि गुमाएको बताइएको छ ।

    विश्व खाद्य कार्यक्रमको अफगानिस्तान कार्यालय र स्थानीय अफगान अधिकारीहरूका अनुसार देशमा ३३० भन्दा बढीको मृत्यु भएको थियो ।

    जसमा धेरै जसो बाघलान र केही तखार, बदख्सान र घोर प्रान्तका छन् । बाढीको कारण, विश्वव्यापी संगठनहरू र अफगान अधिकारीहरूले बढ्दो मृत्युको संख्या र विशेष गरी बालबालिकाहरूमा संक्रामक रोगको जोखिमको चेतावनी दिएका छन् । जलवायु परिवर्तनबाट सबैभन्दा बढी जोखिममा परेका देशमध्ये अफगानिस्तान पनि परेको छ ।

    राष्ट्रले बाढी र खडेरी लगायतका अधिक चरम मौसमी अवस्थाहरू अनुभव गरिरहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend