बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेर तोलाको १ लाख ४० हजार रुपैयाँ पुगेको छ । बिहीबार सुन तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४० हजार रुपैयाँ पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो ।

यस्तै तेजाबी सुन तोलामा १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भएरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस २३ सय ९१ डलर पुगेको छ । विश्व बजारमा सुनको भाउ बढेको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ । लगानीकर्ताले सुरक्षित ठानेर लगानी बढाएपछि सुनको भाउ उकालो लागेको हो ।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ । चाँदीको मूल्य पनि बिहीबार बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर तोलाको १ हजार ८०५ रुपैयाँ पुगेको छ ।
२०२३ मा उत्पादित अधिकांश सुन गहना उत्पादनमा प्रयोग गरिएको थियो ।

गहनाको रुपमा विश्वमा ४६ प्रतिशत खपत भएको थियो । केन्द्रीय बैंक र संस्थाहरुले २३, भौतिक बारहरूमा १६, आधिकारिक सिक्का, पदक, र नक्कल सिक्कामा ९, इलेक्ट्रिकल र इलेक्ट्रोनिक्समा ५ र अन्यमा १ प्रतिशत सुनको खपत हुने गरेको तथ्याँक प्राप्त भएको छ ।

फिच सलुसन्सका अनुसार मध्यम अवधि २०२३ देखि २०३२ मा विश्वव्यापी सुन उत्पादन १५ प्रतिशत बढ्ने अपेक्षा गरिएको छ । किनकि उच्च मूल्यवृद्धिले लगानी र उत्पादकलाई प्रोत्साहन दिएको छ ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend