सोमबार, बैशाख २ २०८२

सोमबार, बैशाख २ २०८२

प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सर्‍यो

प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सर्‍यो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक अपराह्न चार बजेलाई सरेको छ । आजको बैठक बिहान ११ बजेका लागि राखिएको थियो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक चार बजेलाई सारिएको संसद सचिवालयले जनाएको छ ।

यसअघि सभामुख घिमिरेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।

सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने समेत जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने बताउँदै आएको छ ।

No description available.

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend