logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक छ : अध्यक्ष नेपाल

    कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक छ : अध्यक्ष नेपाल

    714
    Shares
    कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन आवश्यक छ : अध्यक्ष नेपाल

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पर्याउन आवश्यक रहेको बताएका छन् । बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा मदन-आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि अघि बढ्नुपर्ने बेला भइसकेको बताए । उनले कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्न आवश्यक रहेको बताए । उनले कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्न आवश्यक रहेको पनि बताए । उनले कम्युनिष्ट शक्तिलाई अधिनायकवादी शक्तिको रुपमा आरोप लगाउनु झुटो आरोप मात्रै हुने जिकिर गरे । उनले जनताको बहुलदलीय जनवाद समाप्त नभइसकेको बताए ।

    उनले भने, ‘मदन भण्डारीका उत्तराधिकारी हामीले अब यो आन्दोलनलाई नयाँ उचाईमा पुर्याउनका लागि अघि बढ्नुपर्छ । मदन भण्डारीले त्यो बेलामा कम्युनिष्ट आन्दोलनमा देखापरेका अनेकौँ खालका चुनौतिहरु उल्लेख गरी भन्नुभयो, अहिले कम्युनिष्ट पार्टीहरुमाथि लागिरहेका आरोपहरु। कम्युनिष्ट पार्टीको भविष्यमाथि उठाइएका प्रश्नहरु र कम्युनिष्ट पार्टीलाई लोकप्रिय हुन नदिने खालका अनेकौँ किसिमका सोचहरु, कम्युनिष्ट पार्टीलाई बद्नाम गर्ने अनेक प्रयत्नलाई विफल पार्नुपर्छ ।’

    ‘कम्युनिष्ट पार्टीलाई सबैभन्दा बढी लोकतान्त्रिक पार्टीको रुपमा स्थापित गर्नुपर्छ । कम्युनिष्ट पार्टी लोकतान्त्रिक शक्ति हो । लोकतान्त्रिक आन्दोलनको अगुवा शक्ति हो । यसले लोकतन्त्रका मूल्य र मान्यतालाई आत्मसाथ गर्दछ । यसलाई अधिनायकवादी शक्ति भनेर आरोप लगाउँछन् भने त्यो झुटो आरोप मात्रै हो । यो कम्युनिष्ट आन्दोलन अघि बढाउन र जनताको विश्वासलाई अघि बढाउने काममा उहाँले महत्वपूर्ण भुमिका खेल्नुभएको छ । जनताको बहुदलीय जनवादको सान्दर्भिकता समाप्त भएको छैन’ उनले भने ।

    अध्यक्ष नेपालले मदन भण्डारी र जीवराज आश्रितले छोडेर जानुभएको जिम्मेवारीलाई पूरा गर्न आवश्यक रहेको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend