logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग

    सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग

    952
    Shares
    सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन नेकपा एसको माग

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीले सहकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको । बुधवार सम्पन्न केन्द्रिय कमिटीको बैठकका निर्णय बिहीवार सुनाउँदै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले पार्टीले हकारीको रकम हिनामिना प्रकरणमा संसदीय छानबिन समिति बनाउन माग गरेको बताएका हुन् ।

    उनले कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको वचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद् घटनाहरू सार्वजनिक भइरहेको बताए । उनले समस्या समाधानको लागि छानविन समिति गठन गरी दोषिमाथि कडा कारबाही गर्न माग गरिएको बताए ।

    उनले बैठकले मुलुकका विभिन्न स्थानमा लागेको डढेलो र आगलागीमा परी घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष आग्रह गरे । उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरिक्षण प्रणालीजस्ता संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारी रुपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन आग्रह गरे ।

    उनले भने, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरूपयोग गरी सर्वसाधारण जनताको वचत अपचलन गरेर ठूलो धनरासी दुरूपयोग गरी आर्थिक तथा वित्तिय अपराध गरेको दुःखद् घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नताको समाचार प्रकाशित भएको छ । यो बैठक समग्र समस्या समाधानको लागि छानविन समिति गठन गरी दोषिमाथि कडा कारबाही गरियोस् भन्ने माग गर्दछ ।

    मुलुकका विभिन्न स्थानमा यो वर्ष डढेलो र आगलागीमा परी दर्जनौको संख्यामा सर्वसाधारण जनताको ज्यान गएको छ । कैयन घाइते र घरबार विहिन भएका छन् । यो बैठक आगलागीमा परी मृत्यु हुनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्तगर्दै घाइतेहरूको निःशुल्क उपचार र धनजनको क्षति व्यहोरेका पीडित परिवारलाई उचित राहत र क्षतिपूर्ति प्रदान गर्न सरकार समक्ष माग गर्दछ । आगामी मनसुनको समयमा सामान्य भन्दा अधिक वर्षा हुने प्रक्षपण गरिएका समाचारहरू प्राप्त हुन थालेका छन् । तसर्थ विषम मौसम पूर्वअनुमानलाई ध्यानमा राख्दै अधिक वर्षा र बाढी, पहिरोबाट हुने जनधनको न्यूनीकरण गर्नका लागि आवश्यक पूर्व तयारीमा रहन यो बैठक सरकारलाई आह्वान गर्दछ र नदी किनारा र बाढीले प्रभावित हुनसक्ने क्षेत्रका जनतालाई सतर्क रहन समेत अपिल गर्दछ ।’

    ‘वर्षाको शुरूवात भएपछि मुलुकभर रोपाईको गतिविधि तिब्र रूपमा अगाडि बढ्ने अवस्थामा धान रोपाईको लागि आवश्यक पर्ने बिऊबिजन र मलखाद्को आपूर्ति व्यवस्थाको सुनिश्चित गर्न यो बैठक सरकारसँग माग गर्दछ । अहिले हाम्रो आर्थिक जीवन दिनानुदिन सङ्कटपूर्ण बन्दै गएको छ । उद्योग व्यवसायहरू धमाधम बन्द हुँदैछन् वा अति कम क्षमतामा चलेका छन् । यसबाट उद्यमीहरूमा निराशा बढ्दैछ, रोजगारीका अवसरहरू पनि दिनानुदिन साँघुरिँदै गएका छन् । वैदेशिक रोजगारी र शिक्षाका लागि बाहिरिने युवाहरूको संख्या बढ्दैछ । उत्पादन मात्रै होइन मागमा पनि ह्रास आएको छ ।

    उपभोक्ताको क्रयशक्ति घट्दैछ । यो बैठक, वर्तमान आर्थिक अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दछ । लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग जोडदार माग गर्दछ ।

    उचित ज्यालाको व्यवस्था गर्दै अनौपचारिक क्षेत्रका श्रमजीवीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा समावेश गर्न तथा श्रम निरिक्षण प्रणालीजस्ता संवैधानिक, कानूनी तथा नीतिगत व्यवस्थालाई प्रभावकारीरुपमा लागू गर्दै श्रमको अवस्थामा सुधार ल्याउन र राष्ट्रिय श्रम आयोग गठनका लागि आवश्यक निर्णय गर्न यो बैठक नेपाल सरकार र सम्बन्धित सबै सरोकारवालासँग जोडदार माग गर्दछ’ उनले भने ।

    प्रवक्ता खतिवडाले लगानी र उत्पादनको वातावरण बनाउन, उद्यमहरू डुब्न नदिन प्रभावकारी आर्थिक, वित्तिय तथा मौद्रिक नीतिहरूमार्फत् अर्थतन्त्रको वर्तमान निराशापूर्ण अवस्थामा जिम्मेवारीपूर्वक हस्तक्षेप गर्न सरकारसँग गरे ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend