बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

झिनो अकंले बढ्यो सेयर बजार, ४ अर्ब २३ करोडको कारोबार

झिनो अकंले बढ्यो सेयर बजार, ४ अर्ब २३ करोडको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन बजार झिनो अकंले बढेको छ । आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.७९ अकंले बढेर २०१८.७६ बिन्दुमा बन्द भएको छ ।

आज १०३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३९ कम्पनीकाे शेयर मूल्य घटेको छ ।

आज ३१५ कम्पनीको ८२ लाख ८२ हजार ५५६ कित्ता शेयर किनबेच हुँदा कारोबार ४ अर्ब २३ करोड ३८ लाख रुपैयाँ माथि पुगेको हो ।

आज माइक्रोफाइनान्स समूहको ३.८० प्रतिशत र अन्य समूहको ०.२२ प्रतिशतले शेयर मूल्य बढेको हो ।

बिहिबार बैकिङ समूहको ०.२२ प्रतिशत, विकास बैंक समूहको १.०७ प्रतिशत, फाइनान्स समूहको १.४५ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.८२ प्रतिशतले शेयर मूल्य घटेको छ ।

त्यस्तै, आज बिहिबार सिइडिबि हाइड्रोपावरको ४३ करोड ९० लाख रुपैयाँ, पोखरा फाइनान्सको ११ करोड ८७ लाख रुपैयाँ, पिपुल्स पावरको ७ करोेड ७२ लाख रुपैयाँ, हिमालयन लघुवित्तको ७ करोड २८ लाख रुपैयाँ र जीवन विकास लघुवित्तको ७ करोड १३ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सबैभन्दा धेरै हिमालयन लघुवित्त वित्तीय संस्था, जाल्पा लघुवित्त वित्तीय संस्था र सृजनशिल लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

माण्डु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले लगानीकर्ताले ५ प्रतिशतका दरले गुमाएका छन् ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend