logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • कांग्रेस र एमाले सांसदबीच झडपको स्थिति आएपछि संसद बैठक स्थगित

    कांग्रेस र एमाले सांसदबीच झडपको स्थिति आएपछि संसद बैठक स्थगित

    1.7K
    Shares
    कांग्रेस र एमाले सांसदबीच झडपको स्थिति आएपछि संसद बैठक स्थगित

    काठमाडौं । प्रतिनिधिसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित भएको छ । बिहीबार साँझ ६ बजे बसेको बैठकको सुरुमै कांग्रेसले नाराबाजी र अवरोध गरेपछि स्थगित भएको हो ।

    बैठकमा सत्तापक्ष नेकपा एमाले र प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको छ । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसको नाराबाजीका बीच गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि विवाद भएको हो ।

    सभामुखले गृहमन्त्रीलाई समय दिँदा कांग्रेस सांसदहरुले घेराउ गरिरहेका थिए । सभामुखले गृहमन्त्री लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल समेत भएको छ । ओलीले कांग्रेस नेताहरुसँग विवाद गरे ।

    कांग्रेस सांसदहरुले गृहमन्त्रीलाई रोष्ट्रममा जान नदिन बाटो छेकेर नाराबाजी गरिरहेका थिए ।

    सभामुख घिमिरेले कांग्रेस र अन्य प्रतिपक्षी दलहरूको अवरोधबीच बैठक अघि बढाएका थिए। राष्ट्रपति कार्यालयबाट प्राप्त दुइटा पत्र उनले नाराबाजीबीच पढेका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend