logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

    प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

    966
    Shares
    प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै रहने

    काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ।

    बिहीबारको बैठकमा पनि प्रतिपक्षी नेपाली कांग्रेसले अवरोध गरेपछि आज बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो। बिहीबार कांग्रेसको विरोधबीच सभामुख देवराज घिमिरेले बैठक अघि बढाएपछि तनाव उत्पन्न भएको थियो ।

    सत्तापक्ष र प्रतिपक्षबीच सहमति नजुटेपछि आज पनि संसद्मा अवरोध जारी रहने कांग्रेसले जनाएको छ ।

    हिजोको बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूबीच घम्साघम्सी भएको थियो।

    एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस उपसभापति धनराज गुरुङबीच विवाद भएपछि घम्साघम्सीको अवस्था आएको थियो ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन मागसहित संसद अवरोध गर्दै आएको छ ।

    सभामुख देवराज घिमिरेले गृहमन्त्री रबि लामिछानेलाई संसद्मा बोल्न आग्रह गरेपनि प्रतिपक्षीले अवरोध गरेका थिए । यता गृहमन्त्रीले आफू संसद्मा बोल्न पाउनुपर्ने माग गर्दै आएका छन् ।

     

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend