२५ वैशाख, काठमाडौं । धादिङमा ढुंगा लागेर एक बालिकाको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा गजुरी गाउँपालिका वडा नम्बर – ३ सानो भन्ज्याङ (काउसे) बस्ने मधु प्रजाकी ७ वर्षीया छोरी निशा प्रजा रहेको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भोजराज पाण्डेले जानकारी दिए।
पाण्डेका अनुसार काउसेमा सिंचाई कुलो मर्मत गरेको स्थानभन्दा केहि तल खोला नजिकै मृतक निशा प्रजा सहित ४ जना बालबालिका खेलिरहेका थिए । सोहि क्रममा त्यहाँका स्थानिय गुमानध्वज बरुवालले कुलो सफा गर्ने क्रममा कुलोमा राखेको ढुंगा फाल्दा, ढुगांले टाउकोमा लागेर ७ बर्षिय बालिका निशा प्रजा गम्भिर घाईते भएकी थिईन् । गम्भिर घाईते निशाको केहि समयमै मृत्यु भएको थियो । अन्य ३ बालबालिका भने सकुसल रहेका छन् ।
घटनालगत्तै ५९ बर्षिय गुमानध्वज बरुवाललाई ईलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ ।