logo

२०८१ असोज ४ शुक्रबार

logo
  • शुक्रबार, ४ असोज २०८१
  • कांग्रेसलाई रास्वपा सांसद झाको आग्रह : माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस्

    कांग्रेसलाई रास्वपा सांसद झाको आग्रह : माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस्

    924
    Shares
    कांग्रेसलाई रास्वपा सांसद झाको आग्रह : माग के हो लेटरहेडमा लिखित रुपमा ल्याउनुस्

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई आफ्नो माग लिखित रुपमा लिएर वार्ता गर्न आउन आग्रह गरेका छन् ।

    शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद झाले संसदीय छानविन समिति गठनको सन्दर्भमा कांग्रेसको पदाधिकारीहरु पिच्छेको धारणा आएको बताएका हुन् ।

    उनले कांग्रेसका नेताहरुसँग छलफलका लागि बस्दा नेतापिच्छेको फरक–फरक धारणा आउने गरेको भन्दै नेताहरुको मौखिक अभिव्यक्तिलाई विश्वास गर्न गाह्रो भएको बताए । उनले रास्वपासँग केही माग भएमा लिखित रुपमा लेटरहेडमा लिएर आउन आग्रह गरे । सांसद झाले गृहमन्त्री रवि लामिछानेको नाम मुछिएको ३ वटा सहकारीको मात्रै छानविन नगरी सरकारले संकटग्रस्त भनेर घोषणा गरेको १६ वटा सहकारीको छानविन गर्नेगरी समिति बनाउनुपर्ने बताए ।

    उनले भने – ‘पाँचवटा गेटबाट पाँच जना फरक पदाधिकारी छिर्नुहुन्छ । पाँच वटा फरक धारणा लिएर हामीकहाँ प्रश्तुत हुनुहुन्छ । हामिले २८ गतेदेखि दुईवटा कुरा दोहार्याइरहेका छौँ कि हामीलाई बोल्न दिनुस् । हामीलाई जहाँ अभियोग लगाउनु भयो । जहाँ संसदीय प्रणालीमा रेकर्डमा बस्यो ति तथ्यांकहरु त्यो तथ्यहरु, अभियोग, अपशब्दहरु हामी त्यहीँ स्पष्टिकरण दिन चाहान्छौँ । किनकी हाम्रो जवाफ पनि रेकर्डमा जाओस् भन्न चाहान्छौँ । दोस्रो कुरा समस्या त्यो तीनवटा सहकारीमा मात्र किन हेर्नुहुन्छ तपाईहरु ? सबैमा समस्या छ ।

    सबै ३१ हजारलाई समेटन नसकिएला तर सरकारले नै भनेको संकटग्रस्त १६ वटालाई समात्ने त हिम्मत राख्नुस् । त्यही तिनवटाको मात्र पछाडी किन जानुहुन्छ तपाईहरु ? तीनवटा सहकारीमा मात्रै छानविन गरौँ भन्दै गर्दाखेरी प्रत्यक्ष रुपमा त्यो तिनओटामा मात्रै समस्या छ भनेर अरु जनता सबै जहाँसुकै जाओस् । जेसुकै होस् हामी राजनीतिक कुण्ठा बोकेका छौँ । त्यो तिनवटामा नाम देखिएको छ, त्यहाँको मात्रै समस्या देखिएको छ । अरु केही समस्या छैन भन्न खोजेका हो ।

    त्यो प्रष्ट रुपमा लिखित रुपमा भनिदिए भैहाल्यो नि । अबदेखि नेपाली कांग्रेसलाई मेरो अनुरोध तपाईहरुको सहमहामन्त्रीले एउटा कुरा, महामन्त्रीले अर्को, प्रमुख सचेतकले अर्को, उपसभापतिले अर्को त्यसैले गर्दा हामीसँग केही माग छ भने लेटरहेडमा लिखित रुपमा लिएर आउनुस् । अब तपाईहरुको मौखिक अभिव्यक्ति विश्वास गर्न गाह्रो छ । हाम्रो पार्टीको नेतृत्वमा लागेको दाग राजनीतिज्ञको रुपमा गरेको अपचलन एकरत्ति पनि होइन ।

    पहिलाका केही व्यवहारिक कुरामा मात्र उहाँहरुले जोडेर लगाएको अभियोग हो । राजनीतिज्ञको रुपमा यो देशलाई घात एउटा पनि गरेका छैनौँ । गर्ने पनि छैनौँ । तर हामीसँग हजारवटा अभियोग होला । औँला उठाउन सक्छौँ । समिति बनाउने हो भने सबैको बनाउन तयार हुने हो भनेर चुनौती पनि दिन्छौँ ।’

    सांसद झाले गृहमन्त्री रवि लामिछानेले राजनीतिज्ञको रुपमा कुनै अपचलन नगरेको भन्दै विगतका केही व्यवहारिक कुरालाई जोडेर अभियोग लगाइएको बताए । उनले अभियोग लागेकाहरु सबैमाथि छानविन बनाउन तयार हुने हो ? भनि कांग्रेसलाई चुनौति समेत दिए ।

    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend