काठमाडौं । दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले देशको असमान स्वास्थ्य सेवा प्रणालीलाई परिवर्तन गर्न खोज्ने बहुप्रतिक्षित राष्ट्रिय स्वास्थ्य बीमा विधेयकमा हस्ताक्षर गरेका छन् । विधेयकमा हस्ताक्षर गर्दा उनले संविधानको धारा २७ मा उल्लेख भएअनुसार स्वास्थ्य सेवामा पहुँचको संवैधानिक अधिकारलाई अगाडि बढाउने सङ्कल्पको सङ्केत भएको बर्ता ।
विधेयक पारितले समानान्तर असमान स्वास्थ्य प्रणालीको अन्त्य गर्ने आधारशिला खडा गर्ने उनको विश्वास छ । आफ्नो भाषणमा रामाफोसाले एनएचआईलाई असमानता र असक्षमतासँग ब्रेक गर्ने अवसरका रुपमा चित्रण गरे । राष्ट्रपतिले स्वास्थ्य सेवाको लागतलाई स्वास्थ्य सेवा प्रणालीले सम्बोधन गर्ने उल्लेख गरे ।
गत वर्ष संसदले पारित गरेपछि एनएचआई विधेयकमा हस्ताक्षर भएको हो । यसको मुख्य उद्देश्यहरू पूर्वाधारको क्षय र स्वास्थ्यकर्मीहरूको अभाव लगायतका केही चुनौतीहरूलाई सम्बोधन गरेर स्वास्थ्य सेवालाई रूपान्तरण गर्नु रहेको छ ।