logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • इटालीमा बाढीः एक जनाको मृत्यु

    इटालीमा बाढीः एक जनाको मृत्यु

    847
    Shares
    इटालीमा बाढीः एक जनाको मृत्यु

    इटाली । पछिल्लो ४८ घण्टामा परेको भारी वर्षाका कारण आएको बाढीले उत्तरी इटालीमा एक जनाको मृत्यु भएको छ भने दर्जनौं बिस्थापित भएका छन् ।

    उत्तरपूर्वी भेनेटोमा जारी उच्च शतर्कता अपनाउन आग्रह गरिउको छ । उद्धार टोलीहरूले पछिल्लो ४८ घण्टामा करिब २,५०० आपतकालीन कलहरू प्राप्त गरेको बताएका छन् ।

    उत्तरी लोम्बार्डी क्षेत्रमा अग्नी नियन्त्रकहरूले शुक्रबार एक ६६ वर्षीय व्यक्तिको मृत्यु भएको बताइएको छ । शुक्रवारसम्म लोम्बार्डीका गभर्नर एटिलियो फोन्टानाले स्थिति धेरै जटिल रहेको बताए ।

    इटालियन किसान युनियन कोल्डिरेट्टीले कृषि उत्पादनमा क्षति पुगेको बताए । खेतबारीहरू तिब्र असिना, वर्षा र आँधीबेहरीको शिकार भएपछि यस क्षेत्रमा केही रोपण प्रक्रियाहरू जोखिममा छन् । मान्टोभा प्रान्तको बोर्गो मान्टोभानो नजिकै प्रतिघण्टा २०० किलोमिटरको हावाका कारण एउटा मालवाहक रेल पल्टिएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend