logo

२०८१ असोज १२ शनिबार

logo
  • शनिबार, १२ असोज २०८१
  • वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते

    वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते

    756
    Shares
    वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते

    एजेन्सी । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले शुक्रवार राति उत्तरी वेस्ट बैंकको प्यालेस्टिनी सहर जेनिनमा लक्षित आक्रमण गर्दा एक जनाको मृत्यु हुनुका साथै अन्य आठ जना घाइते भएका छन् ।

    जेनिन शरणार्थी शिविरमा भएको हवाई हमलामा कम्तीमा एक जनाको मृत्यु भएको र अन्य आठ जना घाइते भएको बताइएको छ ।

    जेनिन सरकारी अस्पतालका निर्देशक वेसम बकरले मृतकको पहिचान इस्लाम खामासेह रहेको बताए । प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनको सैन्य शाखा अल–कुद्स ब्रिगेडले खामासेह आफ्नो सदस्य भएको पुष्टि गरेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend