मंगलबार, बैशाख ९ २०८२

मंगलबार, बैशाख ९ २०८२

एपीएफकाे ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक

एपीएफकाे ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक

काठमाडौं । एपीएफले ललितपुर मेयर्स वुमन्स टी-२० कपको उपाधिमा ह्याट्रिक गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमविरुद्ध २ रनको रोमाञ्चक जित निकाल्दै एपीएफले उपाधिमा ह्याट्रिक गरेको हो । यसअघिका दुई संस्करणको उपाधि पनि एपीएफले जितेको थियो ।

१५६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ विकेटको क्षतिमा १५३ रन बनायो । कविता जोशीले आक्रामक ब्याटिङ गरे पनि टोलीलाई जिताउन सकिनन् ।

कविताले ४५ बलमा ३ छक्का र ७ चौकाको मद्दतमा ६७ रन बनाइन् । लक्ष्मी साउदले २९, बिन्दु रावलले १९, साबित्रा धामीले १२, सम्झना खड्काले १० र रुबी पोद्दारले ५ रन बनाइन् ।
एपीएफकी करुणा भण्डारीले २ तथा सुमन बिष्टले एक विकेट लिइन ।

टस जितेर ब्याटिङ गरेको एपीएफले सीता रानामगर र राजमति ऐरीको अर्धशतकमा १५५ रन बनाएको थियो । एपीएफका लागि सीता रानामगरले सर्वाधिक ७४ रन बनाइन् । उनले ८ चौका प्रहार गरिन् । राजमति ऐरीले ४६ बलमा ७ चौका मद्दतमा ५० रन बनाइन् ।

सुदूरपश्चिमकी विन्दु रावल, राधिका पुजरा र रितु कनौजियाले एक/एक विकेट लिए ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend